‘ह्रस्व दीर्घ’ ३० कार्त्तिकमा रिलिज हुने
काठमाडौँ । ‘ह्रस्व दीर्घ’ले मिति घोषणा गरेको छ । जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर फिल्मले आगामी ३० कार्त्तिकलाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो । प्राविधिक काम नसकिएको भन्दै केही दिन अगाडि रिलिज स्थगित गरेको थियो । अहिले भने प्रदर्शनको नयाँ मिति घोषणा भएको हो ।
अभिनेत्री नीता ढुंगानाको निर्माण भएको फिल्मको अहिले मुम्बईमा सम्पादन भइरहेको छ । दर्शकलाई एउटा पूर्ण रुपमा मनोरञ्जन दिने फिल्म पस्किने उद्देश्यले फिल्मको प्राविधिक काम मुम्बईमा गरिएको अभिनेता हरिहर अधिकारीले बताए ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा अभिनेत्री निता ढुंगानाको लगानी छ । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुने फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण