एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा
वासिङ्टन डिसी । नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।
सोमबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तरवार्तामा उनले यस्तो घोषणा गरेका हुन् । पूर्वराष्ट्रपति ट्रम्पका अनुसार आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइनेछ ।
तर नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताइएको छ । यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ । ‘कर कर्जा वा कर प्रोत्साहन खासै राम्रो कुरा होइनन्,’ पेन्सिल्भेनियामा चुनावी कार्यक्रमपछि ट्रम्पले रोयटर्सलाई भनेका थिए ।
जुलाईमा एक चुनावी सभामा ट्रम्पलाई भएको गोली प्रहारमा भाग्यले उनी बाँचेका थिए । सो घटना लगत्तै मस्कले नै ट्रम्पलाई समर्थन गरेका थिए । नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पले डेमोक्र्याटिक पार्टीका उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको सामना गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण