इटालियन सिरिए : बलियो युभेन्ट्सले सजिलै हरायो नवप्रवेशी कोमोलाई
काठमाडौँ । इटालियन सिरिए फुटबलको सोमबार राति सम्पन्न खेलमा युभेन्ट्सले सजिलो जित हात पारेको छ । युभेन्ट्सले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी कोमोलाई ३–० गोलको फराकिलो अन्तरले हराएको हो ।
उक्त नतिजासँगै युभेन्ट्सले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा खेलिएको एकपक्षीय खेलमा युभेन्ट्सले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेल सुरु भएको २३औँ मिनेटमा बेल्जियमका युवा विंगर सामुएलले पहिलो गोल गरेका थिए ।
यसैगरी, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा टिमोथी वेहले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा युभेन्ट्सका लागि आन्द्रे काम्बिआसोले तेस्रो गोल थपेका थिए ।
युभेन्ट्स अघिल्लो सिजनको सिरिएमा तेस्रो भएको थियो । युभेन्ट्सले ३८ मध्ये १९ खेलमा जित, १४ खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकालेको थियो । अघिल्लो सिजन इन्टर मिलान पहिलो र एसी मिलान दोस्रो भएका थिए ।
जारी सिजनको सिरिएमा सहभागी २० वटै टोलीले एक–एक खेल खेलिसकेका छन् । तीन अंकसहित युभेन्ट्स दोस्रो स्थानमा छ । समान अंक बटुलेको एटलान्टा पहिलो स्थानमा आसिन छ । पहिलो खेलमै पराजित भएको कोमो भने तालिकाको १८औँ स्थानमा छ । कोमो दोस्रो डिभिजनबाट यो सिजनका लागि सिरिएमा उक्लिएको क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
-
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि 'प्रदेश बचत खाता’ सुरु
-
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण