ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्न इरानको हात
मङ्गलबार, ०४ भदौ २०८१, ११ : ०४
वासिङ्टन डिसी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी अमेरिकी गुप्तचर अधिकारीहरूले गरेका छन् ।
अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसबारे बयान जारी गरेका छन् । ‘इरानले अमेरिकी चुनावमा लोकतान्त्रिक संस्थाहरूमा कलह बढाउने र विश्वास कम गर्न हस्तक्षेप गर्ने निर्णय गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
इरानले सामाजिक इन्जिनियरिङ र अन्य प्रयासको माध्यमबाट दुवै राजनीतिक दलको राष्ट्रपति अभियानको साथमा यस्तो गर्ने प्रयास गरेको विज्ञप्तिमा भनिएको छ ।
आफ्नो आन्तरिक सञ्चार ह्याक गर्नु पछाडि इरानी ह्याकरहरूको हात रहेको हालै मात्र ट्रम्पको चुनावी अभियानले पनि बताएको थियो । तर ट्रम्पको चुनावी अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण