टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बन्यो यस्तो दुर्लभ कीर्तिमान
काठमाडौँ । सानो टापु राष्ट्र सामोआले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा दुर्लभ कीर्तिमान बनाएको छ । पुरुष टी–२० विश्वकपका लागि पूर्वी एसिया–प्यासिफिक क्षेत्रको छनोट खेलमा मंगलबार सामोओले एक ओभरमा ३९ रन बनाउँदै दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएको हो ।
त्यसतिबेला आमोआका ब्याट्सम्यान डेरियस भिसर क्रिजमा थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि एक ओभरमा अधिकतम ३६ रनमात्र बन्न सकेको थियो । सामोआले त्यही कीर्तिमान भंग गर्दै एकै ओभरमा ३९ रन बनाएको हो ।
यो कीर्तिमान सुन्दा पनि अचम्म लाग्ने खालको छ । एक ओभरमा ६ बल हुन्छ । ६ वटै बलमा छक्का प्रहार गर्दा पनि ३६ रनमात्र बनाउन सकिन्छ । नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले सन् २०२४ मा, भारतका युवराज सिंहले सन् २००७ मा र वेस्ट इन्डिजका काइरन पोलार्डले सन् २०२१ मा एक ओभरमा ६ वटा छक्का प्रहार गर्दै ३६ रन बनाएका थिए ।
सामोआले १५औँ ओभरको खेलमा ३९ रन बनाएको हो । ब्याट्सम्यान डेरियसले ६ वटा बलमा छक्का प्रहार गरेका थिए । बाँकी तीन रन भने ‘नो बल’ बाट प्राप्त भएको थियो । उनले सुरुको तीन बलमा लगातार तीन छक्का प्रहार गरे ।
त्यसपछि भानुआतुका बलर नलिन निपिकोले चौथो बल ‘नो बल’ फालेका थिए । त्यसबाट एक रन प्राप्त भयो । त्यसपछिको बलमा पनि डेरियसले छक्का प्रहार गरे । निपिकोले फालेको पाँचौँ बलमा डेरियसले रन लिन सकेनन् ।
छौटौँ बल पनि ‘नो बल’ घोषित भयो । त्यसबाट पनि एक रन प्राप्त भयो । त्यसपछि पनि निपिकोले ‘नो बल’ फाले । त्यसबाट फेरि एक रन प्राप्त भयो । त्यो ‘नो बल’ मा डेरियसले छक्का पनि प्रहार गरेका थिए । त्यसपछिको ‘फ्रि हिट’ बलमा पनि डेरियसले छक्का प्रहार गरे । यसरी एक ओभरमै ३९ रन बनेको थियो ।
यसैगरी, त्यो खेलमा सामोआका ब्याट्सम्यान डेरियस आफ्नो देशका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने पहिलो पुरुष खेलाडी पनि बनेका छन् । उनले एक सय ३२ रन बनाएका थिए । उनले यस क्रममा १४ वटा छक्का प्रहार गरेका थिए ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एक पालीमा चार ब्याट्सम्यानले मात्र १४ भन्दा बढी छक्का प्रहार गर्न सकेका छन् । भानुआतुविरुद्धको खेलमा डेरियसले एक विकेट पनि लिएका थिए । त्यो खेलमा सामोआ १० रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण