सडक र सदनमा नाराबाजीका बिच निजामती ऐन संशोधन विधेयक पारित
धनगढी । सडकमा सरोकारवाला समुदायको विरोध र सुदूरपश्चिम प्रदेश सभामा सांसदहरूको विरोधका बिच प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारित गरिएको छ ।
मंगलबार सुदूरपश्चिमका थारु/राना थारु समुदायले आफूहरूको जनसंख्याको आधारमा समावेशी आरक्षण कोटा निर्माण गरिनुपर्ने भन्दै धर्ना दिएका थिए । उता प्रदेश सभामा संशोधन गर्न बनेको विधेयकलाई सांसदहरूको नाराबाजीसहित विरोधका बिच पारित गरिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दफावार छलफलको लागि पेस गरेको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले विरोध जनाएका थिए । नेकपा एमालेका सांसद चक्र मल्ल र काँग्रेसकी सांसद तुलसा देवकोटाले प्रस्तावको पक्षमा बोलेका थिए ।
तर सांसदहरूको नाराबाजीका बिच सभामुख भीमबहादुर भण्डारी ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको घोषणा गरेका थिए ।
यसैबिच प्रदेश सभामा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । नागरिक उन्मुक्ति पार्टीका सांसदहरू नाराबाजीसहित रोष्टम घेराउ गर्न पुग्दा मर्यादा पालकहरूले रोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण