राष्ट्रिय सतर्कता केन्द्रले माग्यो अनूचित कार्य हेर्ने अधिकार

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार माग गरेको छ । बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक’ माथिको छलफलमा सतर्कता केन्द्रका प्रहरी नायव महानिरीक्षक निरञ्जन विष्टले यस्तो माग गरेका हुन् ।
यसअघि संसदमा भएको छलफल समेतका आधारमा आफूहरूले यस्तो माग गरेको उनले बताए । ‘वर्तमान संविधान बन्दा अनुचित कार्य हटेको थियो । तर भ्रस्टाचार अनुसन्धान गर्ने क्रममा यो आवश्यक रहेको र माननीयहरू समेतको धारणाका आधारमा अनुचित कार्यमाथि कारबाही गर्ने अधिकार राष्ट्रिय सतर्कता केन्द्रलाई दिन अनुरोध गर्दछु’ सतर्कता केन्द्रका प्रहरी नायब महानिरीक्षक विष्टले भने ।
गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्बन्धी ऐनमा अनुचित कार्य हेर्नुपर्ने विषय समेत छलफलका लागि पहिचान गर्न अनुरोध गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएस कोरिया शाखामा धर्ना
-
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा द्वन्द्वपीडितकाे प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता
-
‘जार’ अभिनयले एउटा सपना पूरा भयो : अभिनेता सौगात मल्ल
-
सिंहदबारपछि बानेश्वरमा ओली–प्रचण्डको तस्बिर चर्चा
-
स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर
-
भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते