समीक्षाले ल्याइन् नयाँ गीत ‘के हेरेको टुलुटुलु’
बुधबार, ०५ भदौ २०८१, १५ : ५७

काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलुटुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज छ ।
गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ ।
भिडियोमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । रोमान्टिक भावको गीतको भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन् ।
गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुभम भुजेलको कोरियोग्राफी छ । भिडियो समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो
-
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने
-
प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन २०२५’