हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते चार जनालाई सुर्खेत ल्याइयो
सुर्खेत । बुधबार बिहान हुम्लाको चङ्खेली गाउँपालिका–२, गौरीसल्लामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ । सिम्रिक एयरको हेलिकप्टोरमार्फत उनीहरूलाई प्रदेश अस्पतालमा ल्याएर उपचार भइरहेको हो ।
हुम्ला प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर चङ्खेली गाउँपालिका–२, गौरीसल्ला भन्ने ठाउँबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ७ जनामध्ये गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२, सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र छायानाथरारा नगरपालिका–१३, का रमेश मल्ल, १ का पृथ्वी रावतलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।
उपचारत उनीहरूको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल बुधबार बेलुका अस्पतालमै पुगेका छन् । कँडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिई उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण