कैलालीमा २ दिनदेखिको बाढी घटेन, ५ सय बढी घर डुबानमा
धनगढी । कैलाली जिल्लाको विभिन्न स्थानमा दुई दिनदेखि आएको बाढी हालसम्म घट्न सकेको छ । बुधबारदेखि अविरल परिरहेको वर्षाले यहाँको सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घट्न नसकेको हो ।
बाढीले यहाँको कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ ।
गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएको बताइएको छ । उनी जाग्राम बस्न बाध्य छन् । कोही नजिकको स्कुल, वडा कार्यालयहरूमा बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय घर बाढीको डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।
भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जोशीले जानकारी दिए । कैलारी गाउँपालिकाको एक बढी घर डुबान परेका छन् । सो पालिकाको वडा नं. ५ का डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ ।
यसैबिच बुधबार कैलारी गाउँपालिका ५ बैजपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई बाढी बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण