चन्द्रागिरिमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय
बिहीबार, ०६ भदौ २०८१, १० : ५०
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको छ । सेनाको बम डिस्पोजल टोली शङ्कास्पद बस्तु डिस्पोज गरेको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले बताए ।
घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनास्थलको सिसिटिभी फुटेज अनुसार एकजना युवकले झोलामा लगेर कुकर राखेको देखिन्छ ।
चोरी गर्नेहरूले कुकर राखेर हिँडेको पनि हुनसक्ने डीएसपी सुवेदीले बताए । उनले भने, ‘हामी अनुसन्धान गर्दै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण