भक्तपुरमा महिलाको सिक्री लुटेको आरोपमा ३ जना पक्राउ
बिहीबार, ०६ भदौ २०८१, ११ : ०५
काठमाडौँ । भक्तपुरको लोकन्थली बसपार्कमा महिलाको सिक्री लुटेको आरोपमा आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका अनिल कुमार तामाङ उर्फ खनक, नमोबुद्ध नगरपालिका–५ घर भएका ३४ वर्षीय गणेश लामा र बेथानचोक गाउँपालिका–६ घर भएका ३१ वर्षीय सुरेश तामाङ उर्फ रोहित छन् ।
साउन २१ मा उनीहरूले जडीबुटीबाट कमल विनायक जाँदै गरेकी ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको सिक्री लुटेका हुन् । आरोपीहरूलाई कौशलटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
पीडित गौतम रामेछापको सुनापति गाउँपालि वडा नम्बर–१ की स्थानीय हुन् । पक्राउ पर्नेहरू यसअघि पनि पटक पटक अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेर छुटेको प्रहरीको रेकर्डमा भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण