साउथ सुपरस्टार विजयले सार्वजनिक गरे आफ्नो पार्टीको झन्डा
नयाँदिल्ली । दक्षिण भारतीय सुपरस्टार विजयले आफ्नो पार्टीको झन्डा र चिन्ह सार्वजनिक गरेका छन् । अभिनेता विजयले बिहीबार तमिलगा वेत्री कझगम (टीभीके)को कार्यालयमा पार्टीको आधिकारिक झन्डा र चिन्ह सार्वजनिक गरेका हुन् ।
जनताहरूले पार्टीको पहिलो राज्य सम्मेलनको प्रतिक्षा गरिरहेका छन् भन्ने आफूलाई थाहा भएको र यसको तयारी भइरहेको उनले सो अवसरमा बताए ।
छिटै आफूले पार्टीको पहिलो राज्य सम्मेलनको घोषणा गर्ने पनि उनले भनेका छन् । तमिलनाडुको विकासका लागि मिलेर काम गरिने उनको भनाइ छ । पार्टीको झन्डा अनावरण गर्नुअघि विजयले शपथ पनि पढेका थिए ।
बुधबार तमिलमा जारी प्रेस विज्ञप्तिमा अभिनेताले जनताको काम गर्नु एउटा ठूलो आशिर्वाद भएको बताएका थिए । अभिनेता केही महीना अघिमात्रै राजनीतिमा प्रवेश गरेका हुन् । गत फेब्रुअरीमा उनले आफ्नो पार्टीको नाम तमिलगा वेत्री कझगम राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण