शुक्लाफाँटामा एक हजार चार सय २५ बिघा जग्गा नापजाँच
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न एक हजार नौ सय ३० दशमलव ९८ हेक्टर (एक हजार चार सय २५ बिघा) जग्गा नापजाँच गरिएको छ । नगरपालिकाको भूमि सेवा केन्द्रका प्रमुख मोहन फुलाराका अनुसार नगरपालिका–१, २, ३, ९ र १२ नम्बर वडामा जग्गा नापजाँच गरिएको हो ।
वडा नं १ मा दुई हजार आठ सय ५० कित्ता जग्गाको तीन सय ५० दशमलव ५८ हेक्टर (पाँच सय १८ बिघा) नापजाँच गरिएको छ । वडा नं २ मा एक हजार पाँच सय ५० कित्ता जग्गाको एक सय ९४ दशमलव ८३ हेक्टर (दुई सय ८७ विघा), वडा नं ३ को छ सय ४० कित्ता जग्गाको ९४ दशमलव ३१ हेक्टर (एक सय ३९ विघा), वडा नं ९ को एक हजार एक सय कित्ताको एक सय २६ दशमलव ७७ हेक्टर (एक सय ८७ बिघा) र वडा नं १२ को दुई हजार एक सय ७६ कित्ताको एक सय ९९ हेक्टर (दुई सय ९४ बिघा) जग्गा नापजाँच गरिएको छ ।
वडा नं ५ मा अपूरो जग्गा नापजाँच पूरा गरी ८३ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको शाखा प्रमुख फुलाराले बताए । आयोगले नापजाँच स्थगित गर्दा केही महिनादेखि नापजाँच हुन नसकेको उनले जानकारी दिए । “विगतमा भूमि आयोगबाट भएका अधुरा जग्गा सम्बन्धी कामको ‘फिल्ड भेरिफिकेसन’ केही पूरा भएको छ”, उनले भने, “केही अझै हुन बाँकी छ, नयाँ आयोग गठन भई कार्य सञ्चालन भएमा जग्गा नापजाँचसँगै अधुरा काम पनि अगाडि बढाउछौँ ।”
नगरपालिकाका १२ वटै वडाका ११ हजार चार सय ८९ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन् । बसोबासका लागि निवेदन दिनेमा भूमिहीन दलित एक सय ९३ र भूमिहीन सुकुम्वासी एक सय ५४ छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
-
१२ बजे १२ समाचार: मन्त्रीको निवासमा प्रहरी पुगेपछि तरङ्गदेखि ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुनसम्म
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण