सेप्टेम्बरमा फेडले ब्याजदर घटाउने सङ्केत
वाशिङ्टन डिसी । आगामी महिना अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ ‘फेड’ले ब्याजदर कटौती गर्न सक्ने देखिएको छ ।
फेडको अधिकारीहरू जुलाईको नीतिगत समितिको बैठकमा लामो समयदेखि पर्खिएको ब्याजदर कटौती नजिक पुगेको ठानिएको थियो ।
तर त्यतिबेला ब्याजदर घटेन । बुधबार सार्वजनिक भएको फेडको जुलाई ३०–३१ को बैठकको माइन्यूटले सेप्टेम्बरमा ब्याजदर कटौतीको सम्भावना उच्च भएको औँल्याएको छ । समितिका कयौँ सदस्यहरूले आर्थिक तथ्यांक अपेक्षा गरेअनुसार आइरहे भने आगामी बैठकमा मौद्रिक नीति खुकुलो पार्न उचित रहने भनेका छन् ।
सेप्टेम्बरमा फेडले ब्याजदर पक्का घटाउनेमा लगानीकर्ता र विश्लेषक तथा विज्ञहरू पनि ढुक्क छन् । साँच्चै यस्तो भयो भने कोभिड सङ्कटको शुरुआती दिनयता आकस्मिक रूपमा ब्याजदर घटाइएयता अमेरिकामा पहिलो पटक ब्याजदर कटौती हुनेछ ।
मुद्रास्फीति नियन्त्रणमा पछिल्लो समय भएको प्रगति र बढ्दो बेरोजगारी दरले आगामी बैठकमा २५ आधार बिन्दुले ब्याजदर घटाउने ठाउँ दिएको बैठकमा कयौँ सहभागीहरूको ठम्याइ रहेको माइन्यूटले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण