१३ महिला फोटोग्राफरको दृष्टिकोण र कथा विमोचन
काठमाडौँ । अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा भ्वाइसेज अफ विमेन मिडियाले ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ नामक कृति विमोचन गरेको छ।
यो ‘सी इज द स्टोरी’ कार्यक्रम अन्तर्गत सञ्चालन भएको एक महिने फोटोग्राफी कार्यशालाबाट १३ जना महिला फोटोग्राफरहरूले खिचेका उत्कृष्ट फोटो कथाहरूको संग्रह हो।
कार्यशालामा मदिना राई, लक्ष्मी न्यौपाने, शिभाषा के सी, प्रियंका तुलाचन, पुष्पा जोशी, नीति वानेम, मोनिका झा, सुशीला तामाङ, अदिति श्रेष्ठ, बिजु महर्जन, सुस्मिता बोगटी, लक्ष्मी चौधरी,कृति घिमिरे लगायत १३ जना महिला फोटोग्राफरको सहभागिता थियो । यस कार्यशालाले महिलाहरूलाई फोटोको माध्यमबाट आफ्नो कथा विश्वलाई बताउने नयाँ अवसर प्रदान गरेको छ।
उक्त विमोचन कार्यक्रममा फोटोग्राफीमा ‘महिला: समकालीन चुनौतीहरू र अवसरहरू’ शीर्षकमा प्यानल छलफल पनि आयोजना गरिएको थियो । यस प्यानलमा नेपालका प्रतिष्ठित फोटोग्राफर तथा फोटो सर्कलकी निर्देशक नयनतारा गुरुङ कक्षपति, फोटोग्राफर उमा बिस्ट, र फोटो पत्रकार मोनिका मल्लले सहभागिता जनाएका थिए । छलफलले फोटोग्राफीमा महिलाहरूले सामना गर्ने चुनौतीहरू र तिनले प्राप्त गरेका अवसरहरूको विषयमा गहन चर्चा गरेको थियो।
‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ पुस्तकमा समावेश गरिएका फोटो कथाहरू ती १३ जना महिला फोटोग्राफरहरूको सङ्घर्ष र साहसको जीवित दस्ताबेज हो। यी तस्बिरहरूमा उनीहरूले सामना गरेका सामाजिक, सांस्कृतिक, र व्यक्तिगत सङ्घर्षहरूलाई जीवन्त रूपमा चित्रण गरिएको छ। पुस्तकले महिलाहरूको अघोषित सङ्घर्ष र तिनले सामना गर्ने चुनौतीहरूको कथा बाहिर ल्याएर फोटोग्राफीमा महिलाको उपस्थिति र योगदानलाई बलियो रूपमा प्रस्तुत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण