मेरो—तेरो नभनी द्वन्द्व पीडितलाई न्याय दिनसक्ने आयोग बनाउनुपर्छ : सांसद सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएर आएपनि गुनासो नरोकिएको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद सिटौलाले द्वन्द्वपीडित र माओवादी पक्षकै केही व्यक्तिहरू विधेयकप्रति असन्तुष्ट रहेको बताए । उनले ढिलो गरेर भएपनि राजनीतिक दलहरूको बिचमा विश्वासको समझदारी बनेकाले संसदबाट पारित गरी कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भइसकेपछि बन्ने आयोगहरूको कार्य क्षमतामा धेरैकुरा भर पर्ने जिकिर गरे । उनले आयोग बनाउने कुरामा द्वन्द्व पीडितहरूले न्याय पाउँछन् भन्नेकुरामा ध्यान दिनुपर्ने बताए ।
सांसद सिटौलाले गम्भीरतापूर्वक सरकारले यसका सम्बन्धित पक्षसँग बसेर सरसल्लाह गरी मेरो र तेरो नभनीकन न्याय दिनसक्ने क्षमताको आयोगहरू निर्माण गर्नुपर्ने बताए । यसले विस्तृत शान्ति सम्झौताको एउटा अधुरो रहेको काम द्वन्द्व पीडितले न्याय पाउने कामले पूर्णता पाउने बताए ।
उनले भने, ‘आयोग बनाउने कुरामा द्वन्द्व पीडितहरूले न्याय पाउँछन् है अब भन्नेकुरामा हामीले ध्यान दिनुपर्छ । एकदमै गम्भीरतापूर्वक सरकारले यसका सम्बन्धित पक्षसँग बसेर सरसल्लाह गरेर, मेरो र तेरो नभनीकन न्याय दिनसक्ने क्षमताको आयोगहरू हामीले निर्माण गर्नुपर्छ । यसले विस्तृत शान्ति सम्झौताको एउटा अधुरो रहेको काम द्वन्द्व पीडितले न्याय पाउने कामले पूर्णता पाउँछ ।’
सांसद सिटौलाले नेपालले एक पटक फेरि नेपाली राजनीतिक दलहरूको बिचमा वृहत् समझदारी र एकता खोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण