सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसलाको निसु सर्यो
‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसलाको निसु सरेको छ । बिहीबार सुनाउने भनिएको फैसला भदौ २० गतेका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले बताए ।
यसअघि बहस सकेर सर्वोच्चले आज (भदौ ६) गतेका लागि निसु तोकेको थियो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत्पूर्ण इजलासले सुनुवाइ सकेर निसु तोकेको थियो । उक्त इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको थियो । सबै पक्षको बहस नोट पेस भएकाले बिहीबार फैसला हुनसक्ने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ।
प्रधानन्यायाधीश श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत्पूर्ण इजलासले यो विवादमा सुनुवाइ गरेको थियो ।
अनलाइन तथा युट्युब च्यानल सिधा कुराले सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको समेत नाम लिएर एक विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेको थियो । उक्त अडियोमा वरिष्ठ अधिवक्ता हरि उप्रेतीको नाम पनि जोडिएको थियो । प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ । सिधा कुराविरुद्ध सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण