साउद सकिल र मोहम्मद रिजवानको सतकसँगै ४४८ रन बनाउँदै पाली घोषणा गर्यो पाकिस्तानले
काठमाडौँ । घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार ६ विकेटको नोक्सानीमा चार सय ४८ रनको विशाल योगफल तयार पार्दै पहिलो पाली समाप्तिको घोषणा गरेको छ ।
पालीको सुस्त सुरुवात गरेको पाकिस्तानका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान साउद सकिल र छैटौँ नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले उत्कृष्ट साझेदारी गरेका थिए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले केवल १६ रनको कुल स्कोरमै तीन विकेट गुमाएको थियो ।
पाकिस्तानले एक सय १४ रनको कुल स्कोरमा चौथो विकेट गुमाएको थियो । चौथो विकेटका रूपमा ओपनर सइम अयुब ५६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले ९८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काएका थिए ।
त्यसपछि साउद सकिल र मोहम्मद रिजवानले टोलीका लागि दुई सय ४० रनको उत्कृष्ट साझेदारी गरेका थिए । साउद सकिलले एक सय ४१ रन बनाए । उनले लामो समय क्रिजमा टिकेर दुई सय ६१ बलको सामना गरी नौ चौका प्रहार गरेका थिए ।
यसैगरी, मोहम्मद रिजवानले टोलीका लागि अविजित एक सय ७१ रनको योगदान गरे । उनले दुई सय ३९ बलको सामना गरी तीन छक्का र ११ वटा चौका हिर्काएका थिए । पाकिस्तानले पाली समाप्तिको घोषणा गर्दा साहिन शाह अफ्रिदी अविजित २९ रन बनाउँदै क्रिजमा थिए ।
पाकिस्तानका लागि अघा सलमानले पनि १९ रन बनाएका थिए । पाकिस्तानले अतिरिक्त रूपमा पनि २४ रन पाएको थियो । बंगलादेश टोलीका बलर सोरिफुल इस्लाम र हसन महमुदले दुई–दुई विकेट लिए । मेहदी हसन मिराज र सकिब अल हसनले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण