पार्टी फुट्दैछ भन्ने तरंगको हल भइसक्यो : प्रवक्ता सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी फुट्नेबारे भएको तरंगको हल भइसकेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकपछि बोल्दै बिहीबार उनले पार्टीको छलफलबाट सबैमा सहमति भइसकेको बताएका हुन् ।
प्रवक्ता सापकोटाले भने, ‘आन्तरिक रूपमा छलफल चल्दै जान्छ । केन्द्रीय समितिको बैठकसम्म पुग्दा निष्कर्षमा पुग्छ । पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब करिब हल भएको छ । अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ । एकताबद्ध हुनुपर्छ ।’
प्रवक्ता सापकोटाले अहिले नेतृत्वको बारेमा छलफल र बहस गर्ने समय नभएको बताए । उनले भने, ‘अहिले नेतृत्वको बारेमा छलफल, बहस गर्ने बेला होइन । यो अन्र्तरसंघर्षको समय होइन वर्ग सङ्घर्षको समय हो ।’
प्रवक्ता सापकोटाले सदनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै आवश्यक परे सडकको कार्यक्रमको पनि तयारी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण