फार्मेसीबाट लागु औषधको कारोबार, २ जना पक्राउ
बिहीबार, ०६ भदौ २०८१, २० : २१
पोखरा । फार्मेसीबाट लागु औषधको कारोबार गरेको आरोपमा एक सञ्चालकसहित २ जना पक्राउ परेका छन् । पोखरा ९ नयाँबजारबाट शंकास्पद अवस्थामा धादिङका २७ वर्षीय विजय पोखरेललाई खानतलासी गर्दा उनको साथबाट टापेन्टाडोल हाइड्रोक्लोरिड क्याप्सुल १२० चक्की बरामद भएको थियो ।
उनीसँग सोधपुछ गर्दा फार्मेसीबाट खरिद गरेको बयान दिएपछि नयाँ बजारमा रहेको विभुति फार्मेसीमा समेत सोही ट्याबलेट भेटिएकोले सञ्चालक ४८ वर्षका केदार अधिकारीलाई पनि पक्राउ गरिएको छ । फार्मेसीबाट ९० चक्की सोही लागू पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
अधिकारीलाई ९ दिन र पोखरेललाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण