भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्री : ‘मान्यज्यूहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको र हदम्याद राख्ने वा नराख्ने निर्णय सांसदहरूले गर्ने बताए । राज्य व्यवस्था समितिमा विधेयकबारे छलफल जारी छ । समितिमा र संसद् बैठकमा सांसदहरूले हदम्याद राख्न नहुने आवाज उठाइरहेका बेला सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘संसदमा छलफल चलिरहेको छ, तपाईंहरुलाई थाहा होला । संसदमा छलफल हुन्छ, संसद्ले निर्णय गर्छ । संसदमा छलफल भइरहेको छ । मान्यज्यूहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ ।’
प्रधानमन्त्री ओलीले समिति बैठकपछि संसदमा पनि छलफल गर्ने र संसद्को निर्णयअनुसार विधेयक अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण