सिन्धुलीको बुद्धचित्त माला ‘विवाद’ मा एकजना पक्राउ
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित बुद्धचित्त मालाको दाना टिप्ने विषयमा भएको विवादमा एकजना पक्राउ परेका छन् । फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होमबहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होमबहादुर सुनुवारको स्वामित्वमा छ ।
खतिवडाले दिएको जाहेरीको आधारमा डाँकाचोरी तथा लुटपाट मुद्दामा अनुसन्धान भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए । घटनामा संलग्न आरोपमा काभ्रे घर भएका राकेश तामाङलाई पक्राउ गरिएको एसपी काफ्लेले बताए । उनले भने– ‘भदौ २ मा पक्राउ गरेर ७ दिनको म्याद लिएका छौँ ।’
बारा घर भएका आर्यन खतिवडाले सो मालाको दाना आफूले ६५ लाखमा खरिद गर्नेगरी ‘करार सम्झौता’ गरेको बताएका छन् । साउन १ मा अर्को समूहले जबर्जस्ती दाना टिपेका हुन् । रुख धनी होमबहादुरसँग सुरुमा काभ्रेको तेमाल गाउँपालिका घर भएका पुष्पलाल दोङले खरिद सम्झौता गरेका थिए ।
दोङबाट पुनः राकेश तामाङ, सुवर्ण लामा र देवलाल तामाङले दाना टिप्नेगरी करार गरे । त्यसपछि राकेश सहितका ३ जनाबाट आफूले दाना खरिद गर्ने सम्झैता गरेको जाहेरवाला खतिवडाले रातोपाटीलाई बताए । उनले भने, ‘मलाई बेच्ने मध्येका राकेश र पुष्पलाल आफैँ गएर मेरो स्वामित्वको बुद्धचित्तको दाना लुटेका हुन् ।’
लुटमा संलग्न पुष्पलाल दोङ सहितका अन्य आरोपी फरार छन् । सो मुद्दामा साउन २१ मा सिन्धुली जिल्ला अदालतले ३ जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण