बंगलादेशी क्रिकेटर सकिब अल हसनमाथि गम्भीर आरोप
काठमाडौँ । बंगलादेशी टोलीका प्रभावशाली अलराउन्डर हुन्, सकिब अल हसन । उनी बंगलादेशी टोलीका पूर्वकप्तान पनि हुन् । आफ्नो विभिन्न चर्तिकलाका कारण उनी पटक–पटक विवादमा पनि पर्ने गरेका छन् ।
बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि उनी फेरि चर्चामा छन् । अहिले ३७ वर्षीय सकिबविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि हत्याका लागि उक्साएको आरोप लगाइएको छ । ढाका ट्रिब्यूनका अनुसार, सकिबमाथि कपडा उद्योगमा कार्यरत एक श्रमिकको पिताले उजुरी दर्ता गराएका हुन् ।
रफिकुल इस्लाम नामका व्यक्तिले ढाकास्थित अदबोर पुलिस कार्यालयमा क्रिकेटर सकिबसहित एक सय ५४ जनाविरुद्ध आरोपपत्र दर्ता गराएको समाचारमा जनाइएको छ । आरेपपत्रमा क्रिकेटर सकिबको नाम २८औँ नम्बरमा छ ।
आफ्नो आरोपपत्रमा रफिकुल इस्लामले सकिब अल हसनसँगै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि विपक्षी बनाएका छन् । रफिकुल इस्लामले आफ्ना छोरा रुबेलको हत्याको आरोप उनीहरूमाथि लगाएका छन् ।
आरोपपत्रमा उल्लेख भए अनुसार, रुबेलले अगस्त ५ तारिखमा अदबोरमा आयोजित एक विरोध र्यालीमा सहभागिता जनाएका थिए । उक्त विरोध र्यालीमा योजनाबद्ध तरिकाले केही व्यक्तिको उक्साहटमा गोली चलाइएको थियो ।
सोही क्रममा रफिकुल इस्लामका छोरा रुबेलको छाती र पेटमा गोली लागेको थियो । सोही कारणले दुई दिनपछि अगस्त ७ तारिखमा रुबेलको उपचारका क्रममा निधन भएको थियो । त्यो घटनामा क्रिकेटर सकिबको पनि हात हरेको आरोपपत्रमा उल्लेख छ ।
सकिब हाल पाकिस्तान भ्रमणमा छन् । आयोजक राष्ट्रविरुद्ध दुई टेस्टको शृंखला खेल्न बंगलादेशी टोली पाकिस्तान भ्रमणमा निस्किएको हो । उनी अहिले पनि बंगलादेशी टोलीका प्रभावशाली सदस्य हुन् । यसअघि सकिब अह हसन एक ग्राउन्ड स्टाफलाई थप्पड हिर्काएका कारण पनि विवादमा परेका थिए ।
ग्राउन्ड स्टाफ सकिबसँग सेल्फी लिन चाहन्थे । त्यसका लागि सकिब तयार भएनन् । ग्राउन्ड स्टाफले जिद्दी गरेपछि सकिबले उनलाई थप्पड हिर्काउँदै मैदानबाट बाहिर निकालेका थिए । उनी धेरैपटक अम्पायरसँग विवाद गरेर पनि चर्चामा आएका थिए । अम्पायरसँग विवाद गर्ने क्रममा उनले आक्रोशित हुँदै स्टम्पसमेत उखालेर फालेका छन् ।
यसैगरी, सन् २०२३ मा भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपका क्रममा पनि उनी चर्चामा आएका थिए । त्यो विश्वकपमा उनले श्रीलंकाली टोलीका पूर्वकप्तान एन्जेलो म्याथ्यूजलाई ‘टाइम आउट’ गराएका थिए । विश्वकप क्रिकेटको इतिहासमा कुनै पनि खेलाडी टाइम आउट भएको त्यो पहिलो घटना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण