रवि लामिछानेलाई समितिको प्रश्न : छविलालको नाममा ऋण खडा गरी कम्पनीमा पठाउन मिल्छ ?
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोगबारे संसदीय विशेष छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग सोधपुछ गरिरहेको छ । सिंहदरवारस्थित समितिको कार्यालयमा जारी सोधपुछमा समितिले लामिछानेलाई विभिन्न प्रश्न गरेको छ । त्यसमध्ये समितिले १५ नम्बर प्रश्नमा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा रकम पठाउन मिल्छ भनेर प्रश्न गरेको छ ।
‘यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा र प्रयोजनका लागि लिनुभएको थियो ?’, लामिछानेलाई समितिले सोधेको प्रश्नमा उल्लेख छ ।
त्यस्तै प्रश्न नम्बर १६ मा सुप्रिम वचत तथा ऋण सहकारी लि. बुटवलमा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको बचत ग्लोवल आइएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ । उक्त व्यहोरा के कसो हो ? भनेर समितिले प्रश्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण