तनहुँ बस दुर्घटना
मर्स्याङ्दीमा बस दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणका लागि पोखरा लगिँदै
शुक्रबार, ०७ भदौ २०८१, १९ : १२
तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणका लागि पोखरा लैजाने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका २७ जनाको शव परीक्षणका लागि पोखरा लैजान लागिएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको थियो । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।
यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।
;
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण