तीन वटा बसमा आएका थिए भारतीय पर्यटक, जसमध्ये एउटा बस खस्यो मर्स्याङ्दीमा
काठमाडौँ । तनहुँको आबुखैरेनी–२, ऐनापहरामा शुक्रबार भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । दुर्घटना भएको उक्त बससँगै नेपाल भ्रमणका लागि अन्य दुई बस पनि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको महाराष्ट्र राज्यबाट आएका पर्यटकहरूले उत्तर प्रदेशको गोरखपुरबाट बस रिजर्भ गरेको बताइएको छ । एक साथ तीन वटा बसमा भारतीय पर्यटक नेपाल भ्रमणका लागि आएका थिए ।
दुर्घटना भएको बसमा सवार सबै यात्री महाराष्ट्रको भुसावल सहर आसपासका रहेको जनाइएको छ । दुर्घटना भएको बस गोरखपुरको केसरवानी ट्राभल्सको हो । उक्त बसका सञ्चालक विष्णु शंकर केसरवानीका अनुसार गोरखपुरबाट यात्रीहरूले दुई ठुला (भोल्भो) र एउटा मिनी ट्राभलर बस रिजर्भ गरेका थिए ।
उनीहरू प्रयागराजबाट चित्रकुट, अयोध्या हुँदै गोरखपुरबाट नेपालतर्फ प्रस्थान गरेका थिए । उनीहरू शुक्रबार पोखराबाट काठमाडौँका लागि प्रस्थान गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण