तोकिएको समयमा गुणस्तरीय कार्य गर्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री कँडेलको आग्रह
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले निर्माण व्यवसायीहरूलाई तोकिएको समयमा गुणस्तरीय कार्य गर्न आग्रह गरेका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि त्यसो गरेमा सरकारले निर्माण व्यवसायीहरूको संरक्षण तथा सम्मान गर्ने बताए ।
मुख्यमन्त्री कँडेलले समयमै गुणस्तरीय कार्य गरे निर्माण व्यवसायीहरूलाई भुक्तानी लिँदा अतिरिक्त रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गरिने पनि बताए । उनले अबदेखि कर्णालीमा बजेट सुनिश्चित नभएका आयोजनाहरू अगाडि नबढ्ने दाबी गरे । चालु आर्थिक वर्षको बजेटमा नयाँ योजना थप्ने भन्दा पनि पुराना योजना सम्पन्न गर्ने गरी सरकार अग्रसर भइरहेको उनले बताए ।
अर्थमन्त्री राजीव विक्रम शाहले अधुरा वहुवर्षिय योजना श्रोत अभावले अलपत्र परेका भए प्रदेश सरकारले पहल गर्ने बताए । उनले भने, ‘हाम्रा योजना धेरैजसो पूर्ण रूपमा निर्माण भइसकेका छैनन्, ती अधुरा वहुवर्षिय योजनालाई श्रोत अभावका कारणले कतै अलपत्र परेका छन् भने कर्णाली प्रदेश सरकारले पहल गर्ने छ ।’
कर्णालीमा संघ र प्रदेश सरकारको मातहतमा रही ठेक्का प्रक्रियाबाट धेरै योजनाहरू सञ्चालनमा आइरहेको भन्दै उनले योजनाहरू सही समयमा सम्पन्न नभई राज्यलाई थप व्ययभार बोकाउने कार्य मात्र भइरहेको शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण