तोकिएको समयमा गुणस्तरीय कार्य गर्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले निर्माण व्यवसायीहरूलाई तोकिएको समयमा गुणस्तरीय कार्य गर्न आग्रह गरेका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि त्यसो गरेमा सरकारले निर्माण व्यवसायीहरूको संरक्षण तथा सम्मान गर्ने बताए ।
मुख्यमन्त्री कँडेलले समयमै गुणस्तरीय कार्य गरे निर्माण व्यवसायीहरूलाई भुक्तानी लिँदा अतिरिक्त रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गरिने पनि बताए । उनले अबदेखि कर्णालीमा बजेट सुनिश्चित नभएका आयोजनाहरू अगाडि नबढ्ने दाबी गरे । चालु आर्थिक वर्षको बजेटमा नयाँ योजना थप्ने भन्दा पनि पुराना योजना सम्पन्न गर्ने गरी सरकार अग्रसर भइरहेको उनले बताए ।
अर्थमन्त्री राजीव विक्रम शाहले अधुरा वहुवर्षिय योजना श्रोत अभावले अलपत्र परेका भए प्रदेश सरकारले पहल गर्ने बताए । उनले भने, ‘हाम्रा योजना धेरैजसो पूर्ण रूपमा निर्माण भइसकेका छैनन्, ती अधुरा वहुवर्षिय योजनालाई श्रोत अभावका कारणले कतै अलपत्र परेका छन् भने कर्णाली प्रदेश सरकारले पहल गर्ने छ ।’
कर्णालीमा संघ र प्रदेश सरकारको मातहतमा रही ठेक्का प्रक्रियाबाट धेरै योजनाहरू सञ्चालनमा आइरहेको भन्दै उनले योजनाहरू सही समयमा सम्पन्न नभई राज्यलाई थप व्ययभार बोकाउने कार्य मात्र भइरहेको शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा
-
क्लब विश्वकपमा बायर्न म्युनिखको शक्तिशाली सुरुवात, विपक्षीको पोस्टमा १० गोल