जग्गा पास गर्न लगाएर रकम नभएको चेक दिएको आरोपमा एक जना पक्राउ
शुक्रबार, ०७ भदौ २०८१, २२ : १०
काठमाडौँ । जग्गा राजीनामा पास गर्न लगाएर रकम नभएको चेक दिएर ठगेको आरोपमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका–३ बस्ने कृतिराज कोइराला छन् ।
आरोपीले रामेछापको रामेछाप नगरपालिका–६ घर भएकी अरुणिमा तामाङलाई दिएको ५३ लाखको चेक नसाटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । उनले प्रलोभनमा पारेर भक्तपुरको बागेश्वरीको ८ आना जग्गा अरुणिमाबाट राजीनामा पास गराएका थिए । जग्गा लिएर चेक दिएपछि उनी सम्पर्कविहीन भएका हुन् ।
आरोपीलाई मातातिर्थबाट पक्राउ गरिएको एसपी सुवेदीले जानकारी दिए । इलाका प्रहरी कार्यालय इटहरीमा पनि उनीविरुद्ध जाहेरी दर्ता भएको अपराध रेकर्ड भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण