‘शोले’ र ‘दीवार’को रिमेक गर्ने सलमानको इच्छा
मुम्बई । हालै एक अन्तर्वार्ताका क्रममा बलिउड अभिनेता सलमान खानले ‘शोले’ र ‘दीवार’ को रिमेक बनाउने इच्छा व्यक्त गरेका छन् । फराह खानसँगको कुराकानीमा सलमान खानले फिल्म ‘शोले’ मा ट्रिपल रोल निभाउन चाहेको बताएका हुन् ।
हालै सलमान खान डकुमेन्ट्री सिरिज ‘एंग्री यंग मेन’ रिलिजका कारण निकै चर्चामा आएका थिए । अभिनेताले सलिम-जावेदको डकुमेन्ट्री सिरिजको प्रमोशनल भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । यस भिडियोमा फराह खानले सलमान खानलाई प्रश्न सोधेको देखिन्छ ।
फराह खानले सलमान खानलाई सोध्छिन्, ‘यदि सलीम-जावेदको कुनै फिल्मको रिमेक गर्नुपर्यो भने कुन फिल्म बनाउँछौँ ?’ यसैमा सलमान खानले अमिताभ बच्चनको फिल्म ‘शोले’ र ‘दीवार’को नाम लिएका थिए ।
जब फराह खानले थप सोधिन्–कुन भूमिका खेल्न मन लाग्छ, जय कि वीरु ? सलमान खानले भने, ‘म जय-वीरु र गब्बरको भूमिका पनि खेल्न सक्छु ।’
अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘शोले’ सन् १९७५ मा रिलिज भएको थियो । यो फिल्मलाई रमेश सिप्पीले निर्देशन गरेका हुन् ।
त्यस्तै यश चोपडाको निर्देशनमा बनेको फिल्म ‘दीवार’ पनि सन् १९७५ मा रिलिज भएको थियो । यस फिल्ममा अमिताभ बच्चन र शशि कपुरको मुख्य भूमिका थियो । दुवै फिल्म सलिम–जावेदले लेखेका हुन् ।
सलमान खान अहिले फिल्म ‘सिकन्दर’ को सुटिङमा व्यस्त छन् । एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यो चलचित्रमा पहिलो पटक सलमान खान र रश्मिका मन्दानाको जोडी देखिने भएको छ । यस फिल्ममा सत्यराज र प्रतीक बब्बरको पनि महत्वपूर्ण भूमिका छ । यो फिल्म २०२५ को ईदमा ठूलो पर्दामा रिलिज हुनेछ । यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण