इजरायली आक्रमणबाट लेबनानमा ३ जनाको मृत्यु
बेरुत । इजरायली आक्रमणमा परेर लेबनानमा तीन जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बताएअनुसार देशको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको हो ।
इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहका लडाकुहरू बस्दै आएको ठाउँलाई निशाना बनाएर आक्रमण गरेको थियो । लेबनानको दक्षिणी सहर खियाममा कारमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले गरेको आक्रमणमा तिरी गाउँमा थप दुई जनाको मृत्यु भएको एक छुट्टै विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणबाट भएको क्षतिबारे थप जानकारी दिइएको छैन ।
यसअघि हिजबुल्लाहले इजरायली आक्रमणमा शिया अमल आन्दोलनका एक लडाकुको मृत्यु भएको पुष्टि गरेको थियो । हिजबुल्लाह र इजरायलबिच अहिले तनाव बढेको छ ।
इजरायलले हिजबुल्लाह कयौँ किल्लालाई लक्षित गरी हवाई हमला गरेको छ । यसको प्रतिकारमा हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण