लेखा समितिमा सांसद र सभापतिको नोकझोक : सिधै भन्नुस् न कुलमानमाथि कारबाही गर्छौ ?
काठमाडौँ । डेडिकेटेड ट्रक लाइन महशुल असुल गर्ने विवादमा लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र सांसदहरूका बिचमा नोकझोक भएको छ। छलफलपछि निर्णय गर्ने बेलामा केही सांसद र सभापतिका बिचमा विवाद भएको हो ।
सभापति पोखरेलले छलफलपछि ६ बुँदामा निर्देशन दिन खोजेका थिए । उनले अघिल्लो पटक गठन भएको मिनेन्द्र रिजालको समितिको प्रतिवेदन कार्यान्वयनदेखि महालेखा परीक्षकको २१ औँ प्रतिवेदनले औँल्याएको २१ अर्ब असुल गर्न निर्देशन दिने तयारीमा थिए । तर केही सांसदहरूले यस्तो निर्देशन दिन नहुने भनेपछि विवाद भएको हो । माओवादी सांसद अमनलाल मोदीले नाम नै लिएर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि कारबाही गर्ने भन्नुस् भनी चुनौती नै दिए ।
अर्जुननरसिंह केसी : समितिमा परेका उजुरी अख्तियार नपठाउँ पहिले छलफल गरौँ अनि निष्कर्षमा पुगौँ ।
देव तिमसिना : अहिले पैसा मात्र उठाउने निर्णय गरौँ।
सभापति पोखरेल : त्यसो भए बेइमानी प्राधिकरण नहेर्ने त ?
अमलाल मोदी : तपाईं सिधा भन्नु न कुलमानलाई कारबाही गर्छु भनेर ? हामीले पटक पटक अख्तियारमा लेखेर पठाएका छौ । तपाईँले नलेखे पनि कुलमानलाई कारबाही गरौँ भनिरहनु भएको छ। हामी चैँ सहमत छैनौ ।
लेखा समितिमा यो विवाद जारी रहेको छ। समिति सभापति भने निर्णय गर्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण