जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्छौं : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौँमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष यादवले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चार महिने अभियान चलाएको बताए । उनले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरूलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने बताए । उनले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने बताए । उनले जसपा नेपालले सडक र जनताको बिचबाट हस्तक्षेपकारी भूमिका खेल्नका लागि तयार हुनुपर्ने बताए ।
उनले भने, ‘जनतालाई सचेत गर्ने, जनतालाई संगठित गर्नका लागि हामीले यो चार महिने अभियान चलाएका हौँ । यसपछि यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा हामीले जनताका मुद्दाहरूलाई लिएर जनताका सवाललाई लिएर हामी सडक संघर्षमा जानैपर्छ । यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन ।’
अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण