खेलसँगै मन पनि जिते मुसफिकर रहिमले, पुरस्कार राशि बाढी पीडितलाई
आइतबार, ०९ भदौ २०८१, १८ : ०१
काठमाडौँ । बंगलादेशले आइतबार टेस्ट क्रिकेटमा पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गर्यो । पहिलो टेस्टको पाँचौँ तथा अन्तिम दिन बंगलादेशले पाकिस्तानलाई उसैको मैदानमा १० विकेटको फराकिलो अन्तरले हराउँदै इतिहास रचेको हो ।
बंगलादेशले पाकिस्तानलाई टेस्ट क्रिकेटमा हराएको यो पहिलो पटक हो । बंगलादेशको उक्त जितमा मुसफिकर रहिम नायक बने । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । उनले पहिलो पालीमा बंगलादेशका लागि एक सय ९१ रनको योगदान गरे ।
खेलपछि पनि उनले उदाहरणीय काम गरे । उनले म्यान अफ दी म्याच घोषित भएबापत प्राप्त गरेको पुरस्कार राशि बंगलादेशका बाढी पीडितहरूको राहत कोषमा जम्मा गर्ने घोषणा गरे । ‘म यो सफलताका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘म आफ्नो पुरस्कार राशि पनि बंगलादेशका बाढी पीडितका लागि सहयोग गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण