भारत भ्रमणले परराष्ट्रमन्त्री राणालाई आइरन लेडी भनेर स्थापित गर्यो : सचेतक थिङ्
मङ्गलबार, ११ भदौ २०८१, १६ : १५

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस सचेतक सुशीला थिङ्ले भारत भ्रमणले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई आइरन लेडीको रूपमा स्थापित गरेको भन्दै प्रशंसा गरेकी छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले भारत भ्रमणमा मन्त्री राणाले उच्च सम्मान पाएको बताइन् ।
‘परराष्ट्रमन्त्री राणाले भारत भ्रमणमा उच्च सम्मानका साथ फर्किनुभएकोमा नेपाल–भारतलाई विशेष आभार‚’ उनले भनिन्‚ ‘उक्त भ्रमणबाट आरजुलाई आइरन लेडीको रूपमा स्थापित गराएकोमा कांग्रेस सचेतकको हिसाबले धेरै धन्यवाद दिन चाहन्छु ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरिन् । ‘समाजमा यस्तो भएन, त्यस्तो भएन, म भएको भए यस्तो गर्दथे भनेर भाषण गरेर’ चुनाव जितेको दलले सहकारी र पासपोर्टको काण्ड किन नदेखेको भन्ने प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली