एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष भएपछि बधाई खाँदै पाण्डे, तस्बिरहरु
मङ्गलबार, ११ भदौ २०८१, १६ : ३५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएपछि राजेन्द्रप्रसाद पाण्डेलाई पार्टीका नेता तथा कार्यकर्ताले बधाई दिन थालेका छन् । पाण्डे मंगलबार एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष निर्विरोध चयन भएका हुन् ।
एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्षसहित १८ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । तर वरिष्ठ उपाध्यक्षमा अन्य नेताको उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन् । अव एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि निर्वाचन हुने छ । यसअघि अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसहमतिबाट चयन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक निर्णायक उपलब्धि सावित हुने प्रचण्डको विश्वास
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने