१५ वर्षपछि एक हुँदै चर्चित ब्यान्ड ‘ओएसिस’

लण्डन । बेलायती रक ब्यान्ड ओएसिसले सन् २०२५ मा संगीतिक यात्राका लागि एक हुन लागेको घोषणा गरेको छ । १५ वर्षअघि दाजुभाइ लियाम र नोएल ग्यालेघरबिचको विवादबिच ब्यान्ड फुटेको थियो ।
लामो समयदेखि एकताको चर्चाबिच मंगलबार ब्यान्डले साङ्गीतिक यात्राको मिति घोषणा गरेको हो । सन् २०२५ मा ब्यान्डले संयुक्त राज्यमा १४ वटा साङ्गीतिक कार्यक्रम गर्नेछ भने त्यसपछि विश्वका अन्य ठाउँमा पनि यात्रालाई जारी राख्नेछ ।
सन् १९९० को दशमा बेलायतको साङ्गीतिक क्षेत्रलाई नयाँ आयाम प्रदान गर्ने ओएसिसका वान्डर वाल, डन्ट लुक ब्याक इन एंगर, स्याम्पेन सुपरनोभालगायत गीतहरू चर्चित छन् ।
सन् २००९ मा ब्यान्डका लिड गिटारिस्ट तथा लेखक नोएलले ब्यान्डका गायक लियामसँग काम गर्न नसक्ने बताएपछि ब्यान्ड छिन्नभिन्न भएको थियो ।
रियुनियिन टूर सन् २०२५ को जुलाई ४ बाट कार्डिफको प्रिन्सिपालिटी स्टेडियमबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने