१५ वर्षपछि एक हुँदै चर्चित ब्यान्ड ‘ओएसिस’
लण्डन । बेलायती रक ब्यान्ड ओएसिसले सन् २०२५ मा संगीतिक यात्राका लागि एक हुन लागेको घोषणा गरेको छ । १५ वर्षअघि दाजुभाइ लियाम र नोएल ग्यालेघरबिचको विवादबिच ब्यान्ड फुटेको थियो ।
लामो समयदेखि एकताको चर्चाबिच मंगलबार ब्यान्डले साङ्गीतिक यात्राको मिति घोषणा गरेको हो । सन् २०२५ मा ब्यान्डले संयुक्त राज्यमा १४ वटा साङ्गीतिक कार्यक्रम गर्नेछ भने त्यसपछि विश्वका अन्य ठाउँमा पनि यात्रालाई जारी राख्नेछ ।
सन् १९९० को दशमा बेलायतको साङ्गीतिक क्षेत्रलाई नयाँ आयाम प्रदान गर्ने ओएसिसका वान्डर वाल, डन्ट लुक ब्याक इन एंगर, स्याम्पेन सुपरनोभालगायत गीतहरू चर्चित छन् ।
सन् २००९ मा ब्यान्डका लिड गिटारिस्ट तथा लेखक नोएलले ब्यान्डका गायक लियामसँग काम गर्न नसक्ने बताएपछि ब्यान्ड छिन्नभिन्न भएको थियो ।
रियुनियिन टूर सन् २०२५ को जुलाई ४ बाट कार्डिफको प्रिन्सिपालिटी स्टेडियमबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण