रुसलाई राम्रो ढंगले जवाफ दिनेछौं : जेलेन्स्की
मङ्गलबार, ११ भदौ २०८१, १८ : ४५
किभ । युक्रेनमा रुसले गरेको पछिल्लो हमलामा चार युक्रेनी नागरिकको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले यसको जवाफ सही ढंगले दिने बताएका छन् ।
युक्रेनमाथि सोमबार राति रुसले गरेको मिसाइल र ड्रोन हमलाको क्रममा ४ जनाको मृत्यु भइसकेको छ भने अरू १६ जना घाइते भएका छन् । रुसले हिजोदेखि युक्रेनी नागरिक र पूर्वाधारमा ९० वटा हवाई हमला गरेको जेलेन्स्कीले भनेका छन् ।
हमलामा कम्तीमा पनि ८१ वटा ड्रोन, क्रुज, ब्यालिष्टिक मिसाइल संलग्न भएको बताइएको छ । रुसले अहिले र यसअघि गरेको हमलाको जवाफ दिइने र मानवता विरुद्धको अपराधलाई माफी नगरिने एक्समामा उनले लेखेका छन् । आफूहरूले हिजोदेखि रुसको ५ वटा मिसाइल र ६० वटा ड्रोनलाई खसालेको दाबी युक्रेनी हवाई बलले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण