राजनीति
एकीकृत समाजवादीको निर्वाचनको मतगणना सुरु
मङ्गलबार, ११ भदौ २०८१, २० : ५३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार साँझ भएको निर्वाचनको मतगणना सुरु भएको हो ।
एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भइसकेका छन् ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन ।
जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि एकीकृत समाजवादीमा निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण