बागमती प्रदेश : उद्योग पर्यटन तथा वातावरण समितिको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विगत एक वर्ष देखि विचाराधीन विधेयकमाथि छलफल गर्न बैठक आह्वान गरिएको हो । विभिन्न कारणले सो समितिको बैठक सञ्चालन हुन नसक्दा २०८० असोजमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ ।
सत्ता समीकरण, सरकार परिवर्तन र बजेटका कारण सो समितिको बैठक सञ्चालन तथा विधेयक माथिको छलफल अघि बढ्न सकेको थिएन । प्रदेशसभा सञ्चालनको बखतमा बसेको सो समितिको बैठकले ३० दफा रहेको हस्तकला ग्राम सम्बन्धी विधेयकको ९ वटा दफाको दफावार छलफल गरेको छ । बैठक आह्वान नहुँदा विधेयकको अन्य दफावार छलफल र संशोधन प्रस्तावले गति लिन सकेको छैन ।
समितिको आज बस्ने बैठकले सो विधेयकको दफा छलफल र संशोधन प्रस्ताव टुङ्ग्याउने तयारी गरेको छ । सो विधेयकका विभिन्न दफा उपर ५ सांसदले २० वटा संशोधन दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण