पहिलो संयुक्त अन्तरवार्ताका लागि तयार भए ह्यारिस र वाल्ज
वाशिङटन डीसी । अमेरिकामा आगामी नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीको राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस र टिम वाल्जले संयुक्त अन्तरवार्ताका लागि सहमति जनाएका छन् ।
उप–राष्ट्रपति ह्यारिस र मिनेसोटाका गभर्नर टिम वाल्ज बिहीबार जर्जियामा सीएनएनसँग अन्तरवार्तामा बस्न लागेका हुन् । जो बाइडेन चुनावी दौडबाट बाहिरिएपछि पार्टीका उम्मेदवारका पत्रकारहरूसँग यो पहिलो रेकर्डेड अन्तरवार्ता हुनेछ ।
पाँच हप्ताअघि राष्ट्रपति बाइडेनले ह्यारिसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी त्यागेका थिए । ह्यारिस उम्मेदवार बनेयता पत्रकारसामु आउन नचाहेको र राष्ट्रपति बने भने के के गर्छ भन्ने आफ्नो योजनाबारे जनतालाई अन्धकारमा राखेको आरोप रिपब्लिकनहरूले लगाउँदै आएका थिए ।
यो ह्यारिस र वाल्जको लागि पहिलो ठुलो परीक्षा हुनेछ । यसले ती दुबैलाई आफ्ना आलोचकहरूको मुख थुन्ने अवसर पनि दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण