ओली नेतृत्वको सरकार नाङ्गिसक्यो : सुदन किराँती
बुधबार, १२ भदौ २०८१, १३ : ५०
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बादशाह नाङ्गिएको कथा सुनाउँदै अहिलेको सरकार पनि सोही अवस्थामा पुगिसकेको आरोप लगाए ।
‘सरकारको कमजोरी औँल्याउँदा हनिमुन मनाउन दिएन भन्छन् । परिस्थिति हेर्दा हनिमुन मनाउने छूट छैन‚’ उनले भने‚ ‘सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनुपर्यो ।’
उनले जादुमयी ढङ्गबाट बनेको सरकार जन्मँदै आफ्नै कारणले धेरै प्रश्न जन्मिएको र यसले जनतामा आक्रोश बढाएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण