हिंसा शब्दमा सापकोटाको नियमापत्ति : योगेशले भने– तपाईँको धम्कीले कोही डराउँदैन
काठमाडौँ । नेकपा एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादीले नियमापत्ति जनाएको हो ।
भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए ।
सापकोटाले मान्दैनौँ भनेपछि भट्टराईले ‘हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन’ भन्ने अभिव्यक्ति दिए । सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति जनाएका थिए ।
जवाफमा भट्टराईले भने, ‘अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईँको धम्कीले कोही डराउँदै न । धम्कीले कोही डराउँदैन हिंसा हो ।’
त्यसपश्चात् झन् माओवादीले कुरा उठाएपछि माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्त्याएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे ।
त्यसपश्चात् पनि सभामुख देवराज घिमिरेले भट्टराईलाई बोल्न दिएपछि माओवादीले विरोध जारी राख्यो । त्यसपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।
त्यसपछि उठेका विषयमा हिंसा शब्दको छानबिन गरेर निर्णय लिने अधिकार सचिवालयलाई दिइएको सभामुख घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण