माओवादीको प्रश्न : रघुजीलाई बोल्न दिने हामीलाई नदिने ?
काठमाडौँ । ‘हिंसा’ शब्दले बुधबारको प्रतिनिधि सभा बैठकमा हँगामा भएको छ । सत्तारुढ दल नेकपा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि बैठकको माहोल गरम भएको हो ।
भट्टराईले बोलेपछि माओवादी सांसदहरूले नियमापत्ति गरेर रेकर्डबाट हटाउन माग गरे । तर, सभामुख देवराज घिमिरेले प्रतिपक्षको आवाजलाई बेवास्ता गरिदिए । त्यसपछि निरन्तर माओवादी सांसदले विरोध गरेपछि ‘अध्ययन गरेर निर्णय गर्न’ भन्दै सभामुख घिमिरेले संसद् सचिवालयलाई अधिकार दिए ।
तर, माओवादी सांसदहरूले सहमति नजनाएपछि सत्ता सांसदहरू पनि उठेर विरोधमा उत्रिए । योगेशले हिंसालाई हिंसा भनिन्छ भनेपछि थप माहोलमा समस्या पर्यो ।
सत्ता र प्रतिपक्षका दुवै सांसद उठेपछि सभामुख घिमिरेले रघुजी पन्तलाई बोल्न दिए ।
‘जनयुद्धमा मान्छे मरेको हिंसा हो कि होइन ? असंदीदय शब्द छानबिन गरेर प्रमाणित गर्नुहोस्,’ पन्तले भने, ‘हामी यहीँ ठान्छौँ ।’ पन्त बोलेपछि पुनः माओवादी सांसदहरू उठेर समय मागे । तर, सभामुख घिमिरेले समय दिएनन् ।
त्यसपछि माइक बिनै बोलेका माओवादी सांसदहरूले पन्तलाई बोल्न दिने आफूहरुलाई बोल्न नदिने भन्दै प्रश्न गरे । सत्ता पक्षलाई बोल्न दिने प्रतिपक्षलाई बोल्न नदिने कस्तो हो भन्दै माओवादी सांसदहरूले भने, ‘रघुजी पन्तलाई किन बोल्न दिइयो हामीलाई किन दिइएन प्रधानमन्त्रीको पार्टी नभएर हो ? तपाई एमालेको सभामुख हो ?’
त्यसपछि सभामुख घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए । ‘सभामुखको नियम अनुसार सदन चलेको छैन । नियमअनुसार सदन चलाइयोस्,’ पाण्डेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण