पानी परेपछि रिङ रोड भैँसीले आहाल खेल्ने पोखरी बन्छ : सांसद खनाल
बुधबार, १२ भदौ २०८१, १५ : ०९
काठमाडौँ । रिङ रोडअन्तर्गत गोङ्गबु सामाखुसी क्षेत्रमा पानी पर्ने बित्तिकै भैँसीले आहाल खेल्ने पोखरी जस्तो अवस्था हुने गरेको भन्दै सदनमा आवाज उठेको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शिशिर खनालले ‘यहाँबाट पाँच किलोमिटर टाढाको दुरावस्था देख्दा पनि सरकार किन आँखा बन्द गरेर बसेको हो’ भन्दै प्रश्न गरेका हुन् ।
उनले नेपालटारदेखि डाँडा गाउँको एक किलोमिटर बाटोमा गाडी नै नचल्ने अवस्था बनेकोमा पनि ध्यानाकर्षण गराए ।
‘साङ्ला बिहानी चोकमा धान रोप्ने जस्तो स्थिति छ । यहाँबाट १०/१५ किलोमिटरको अवस्था यस्तो छ‚’ उनले भने‚‘ सडक विभाग भनेर पोल पोलमा स.वि. लेख्दै गरेको छ बरु उसको त्यो इनर्जी स्रोत र पैसा चाहिँ सडक मर्मतमा लगाए जनताले सास्ती कम पाउँथे कि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण