भ्रष्टाचारको फाइल खोल्नुभन्दा सरकार टिकटक खोल्नमा व्यस्त भयो : सांसद यादव
बुधबार, १२ भदौ २०८१, १५ : २८
काठमाडौँ । जसपा सांसद राजकिशोर यादवले सरकारले संविधान मान्नु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले संविधानको आत्मा समानुपातिक समावेशी भएपनि राजदूत नियुक्ति त्यसअनुरूप किन भएन भन्दै प्रश्न गरे । उनले राजदूत सिफारिस कुनै पनि कोणले समावेशी नभएको उल्लेख गरे ।
‘राजदूत सिफारिस कुनै कोणबाट पनि समावेशी भएन । एकल जातीय, एकल सांस्कृतिक पहिचान झल्किकने गरी सिफारिस भएको हो‚’ उनले भने‚‘सरकारले संविधान मान्दैन भने भोलिको दिनमा जनताले मान्दिन भन्यो भने परिस्थिति के उत्पत्ति होला ?’
सांसद यादवले ठुल–ठुला भ्रष्टाचारको फाइल खोल्नुभन्दा अहिलेको सरकार टिकटक खोल्न व्यस्त भएको भन्दै आपत्ति जनाए । उनले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद कुनै पनि हालतमा स्वीकार नगर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण