जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
सारांश
- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता भएको ६ महिनाभन्दा बढी भइसक्यो तर पूर्णता नपाउँदै अनेक झमेला सुरु भएको छ ।
- जसपा नेपालले आफ्ना सम्पूर्ण पुराना समितिहरूलाई क्रियाशील गर्ने निर्णय गरेको छ ।
- लोसपा नेपालसँग एकता भरपर्दो नभएको र समायोजनलाई पूर्णता दिन आलटाल भइरहेको अवस्थामा जसपा नेपालले आफ्ना संगठनलाई क्रियाशील गरेर अगाडि बढ्ने तयारी गरेको छ ।
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता भएको ६ महिनाभन्दा बढी भइसक्यो । तर पूर्णता नपाउँदै अनेक झमेला सुरु भएको छ ।
दुवै पार्टीले छुटाछुट्टै बैठक बोलाउन थालेका छन् । आइतबार जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ । सो बैठकले पुरानो केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी एकता तथा समायोजनका लागि छलफल गर्ने बहानामा लोसपा र जसपा नेपालले आआफ्नो पुरानो समितिहरू ब्युँताउन थालेका छन् ।
जसपा नेपालका एक नेताले भने, ‘लोसपा र जसपा नेपालको एकताले पूर्णता नपाएसम्म पार्टीका पुरानो समितिलाई नै क्रियाशील राख्ने निर्णय भएको छ ।’ जसपा नेपालले आफ्ना सम्पूर्ण पुराना समितिहरूलाई क्रियाशील गर्ने भएको छ ।
ती नेतका अनुसार लोसपा नेपालसँग एकता भरपर्दो छैन । प्रदेश, जिल्ला तथा स्थानीय तहमा त्यसको राम्रो संगठन छैन, यसरी नै समायोजन र एकतालाई पूर्णता दिन आलटाल भइरह्यो भने जसपा नेपालले आफ्ना संगठनलाई क्रियाशील गरेर अगाडि बढ्ने तयारी गरिसकेको छ । एकताले पूर्णता नपाएसम्म जसपा नेपालले आफ्नो पुराना समितिहरूलाई सक्रिय बनाउने भएको हो ।
दुई पार्टीबिच एकता भइसकेको छ । निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ । ५२ सदस्यीय केन्द्रीय समन्वय समिति बनाएको छ । त्यसबाहेक अन्य समितिहरू बनेका छैनन् ।
जसपा नेपालको तर्फबाट पार्टी समायोजनका लागि छलफल गर्न पार्टीका नेता लालबाबु राउतको नेतृत्वमा एक कार्यदल बनाएको र सो कार्यदलले लोसपा नेपालसँग छलफल गरी समायोजनका कार्यलाई अगाडि बढाउने निर्णय जसपा नेपालले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण