पूर्वाधार निर्माणलाई सेवाग्राहीमैत्री बनाइन्छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरू सम्म पुग्ने पहुँचमार्ग निर्माणलाई सरल र चुस्त बनाइने बताएका छन् । काठमाडौँको बुढानिलकण्ठ ७ स्थित काठमाडौँ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ (बाल अस्पताल) सम्म पुग्ने सडक क्षेत्रको निरीक्षणको क्रममा उनले पूर्वाधार निर्माणलाई सेवाग्राहीमैत्री प्रतिबद्धता गरे ।
गैह्रनाफामूलक बाल अस्पताल निर्माणले बाल स्वास्थ्य तथा बाल सुरक्षालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै अन्य संस्था, निकाय तथा नागरिकले बढी लाभ लिन सक्ने क्षेत्र सम्म पुग्ने पहुँच मार्ग निर्माणलाई सरकारले प्राथमिकता दिने समेत बताए ।
सडक अवलोकन तथा निरीक्षणका लागि पुगेका दाहालले अस्पतालको निर्माणाधीन भवन तथा अन्य संरचनाहरूको पनि अवलोकन गरे । सो क्रममा अस्पतालका अध्यक्ष डा.भगवान् कोइरालाले इन्स्टिच्युटले सातै प्रदेशमा स्तरीय बाल अस्पताल निर्माण र सञ्चालनको लक्ष्य राखेको बताए ।
ती मध्ये कोशी प्रदेशको झापाको दमकमा बालअस्पताल सञ्चालन भइरहेको जानकारी दिए । अस्पताल सञ्चालनको छोटो समयमा नै कोशी प्रदेशका विभिन्न जिल्लाका बालबालिकाहरुलाई सेवा उपलब्ध गराइएको कोइरालाको भनाइ छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले अस्पताल क्षेत्र सम्म पुग्ने पूर्वाधार निर्माणमा प्राथमिकता दिएको र बृहत् योजना तथा कार्यक्रममा प्रदेश र सङ्घीय सरकारबाट पनि सहयोगको अपेक्षा राखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण