यस्ता छन् राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन बैठकका निर्णय
काठमाडौँ । राप्रपा नेपालले निर्वाचन प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण आयोगका एवं संवैधानिक परिषद् र न्यायपरिषदको गठन स्वरूपका बारेमा पार्टीको आधिकारिक धारणा तयार गर्न सुझाव समिति गठन गरेको छ ।
बुधबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन बैठकले डा.बिष्णु भण्डारीका संयोजकमा बसन्तमान सिंह अधिकारी, नरप्रसाद थापा, राजाराम बर्तौला ‘चुनेली’ र जीवछ मिश्र सदस्य रहेको सुझाव समिति गठन गरेको हो ।
बुद्धिजिवी वर्ग, पार्टीको विभिन्न तहका कार्यकर्ता र शुभेच्छुक तथा सर्वसाधारण जनताको राय बुझेर समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनु पर्ने छ ।
यस्तै मधेसका जनताको सामाजिक आर्थिक समृद्धि एवं शिक्षा र रोजगारीमा पहुँचको अभिवृद्धि गर्न राप्रपा नेपालले आगामी दिनमा “मधेस उत्थान विशेष अभियान” सञ्चालन गर्ने भएको छ । यस्तै भ्रष्टाचार सम्बन्धी कारबाहीको लागि कुनै अवधिको हदम्याद राख्न नहुने राप्रपा नेपालले निर्णय गरेको छ ।
समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने तथा साना र उदीयमान दलहरूलाई निषेध र हतोत्साहित गर्ने गरी संविधान र कानुनमा गरिने संशोधनको सशक्त विरोध गर्ने राप्रपा नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण