संविधान दिवस : कोशी प्रदेशमा ५ सय १ सदस्यीय मूल समिति गठन
विराटनगर । कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए ।
उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्म संस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए । उनले भने, ‘हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरूको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ ।’
यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ । असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रमहरू पनि सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण